गुल्मीका ग्रामीण क्षेत्रका सडक मर्मत गर्न जिल्ला प्रशासनको निर्देशन

गुल्मी- चाडपर्व जनजिकिएसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले ग्रामीण क्षेत्रका मोटरबाटोहरु मर्मत गर्न निर्देशन दिएको छ । वर्षातको पानीले ग्रामीण क्षेत्रका मोटरबाटोहरु जोखिमपूर्ण बनेका छन् ।

नेपालीहरुका महानपर्व दशैं तिहार जस्ता ठूला पर्वहरुमा ग्रामीण वस्तीसम्म पुग्न सवारी आगमन बढ्ने गर्दछ । जोखिम सडकमा यात्रा गर्दा दुर्घटना हुनसक्ने भएकाले प्रशासनले सडक मर्मतको काम गर्न आग्रह गरेको छ ।

काम बिशेषले स्वदेशका विभिन्न ठाउँ र रोजगारीका लागि परदेशिएकाहरु चाडपर्वमा फर्किने गर्दछन् । त्यसैले पनि ग्रामीण वस्तीमा पुग्ने सवारी साधानहरुमा चाप बढने गर्दछ ।

चाडपर्वको समयमा सिट क्षमता भन्दा वढि यात्रु राख्ने गर्नाले दुर्घटनाहरु पनि हँने गर्दछन् । त्यसैले पनि सडक समयमै मर्मत नगरे दुर्घटना समेत हुनसक्ने हुँदा अब तुरुन्तै सडक मर्मत गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।

सडक आयोजना कार्यालय र स्थानीय तहसँगको समन्वयमा सडक मर्मत गर्ने कार्य गर्न समन्वय भइरहेको केसीको भनाइ छ। चाडपर्वमा दुर्घटना हुन नदिन सडक मर्मत र सवारी साधानलाई चेकजाँचमा बिशेष ध्यान दिन आग्रह गरिएको प्रशासनले जनाएको छ ।

चाडपर्वको निहुँ पारेर तोकिएको भन्दा बढी भाडा लिने गरेको पाइएमा कारवाही समेत गरिने प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

सडक मर्मत भएन भएको र सवारी साधानमा क्षमता भन्दा बढि बोक्ने बिरुद्ध प्रहरीको निगरानीलाई पनि प्रशासनले अनुगमन गर्ने प्रमुख जिल्ला अघिकारी केसीको भनाइ छ । पर्वहरु नजिकिन थालेसँग सडकमा सवारी चाप समेत बढन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.