संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक सञ्चालन तथा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । अधिवेशन अन्त्य हुदै गर्दा संक्रमणकालीन न्यायसम्बन्धी संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक अर्को अधिवेशनमा सरेको छ ।

टीआरसी संसदीय समितिमै छ भने सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएर प्रतिनिधिसभा पेश भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.