तालिबानद्वारा अफगानीलाई पाकिस्तान छोड्ने समय बढाउन माग

निर्वासनको डरले भागिरहेका हजारौँ मानिसको सङ्ख्याका कारण सीमा चौकीहरूमा दबाब बढेको भन्दै अफगानिस्तानको तालिबान सरकारले बुधबार कागजातविहीन अफगानीहरूलाई पाकिस्तानबाट निकाल्न पाकिस्तानसँग थप समय दिन आग्रह गरेको छ ।
पाकिस्तान सरकारले आफ्नो मुलुकमा अवैधरूपमा बसेका १७ लाख अफगानीहरूलाई नोभेम्बर १ सम्ममा स्वेच्छाले मुलुक छोड्न वा जबरजस्ती हटाउने समय दिएको थियो ।
तोर्खाम र चमन सहरका सीमा अधिकारीरूका अनुसार अक्टोबरको सुरुमा आदेश दिइएपछि एक लाख ३० हजारभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन् । जसबाट सीमाको दुवैतिर अवरोध सिर्जना भएको छ ।
दशकौँको सङ्घर्षका क्रममा आफ्नो देशबाट भागेका लाखौँ अफगानीको आतिथ्यता गर्ने पाकिस्तान र अन्य मुलुकलाई तालिबान अधिकारीहरूले धन्यवाद दिएका छन् । अधिकारीहरूले एक विज्ञप्तिमा थोरै सूचना दिएर उनीहरूलाई निर्वासन नगर्न र तयारी गर्न समय दिन आग्रह गरेका छन् ।
सन् २०२१ मा सत्ता सम्हालेपछि तालिबान सरकारले अफगानीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । तर उसले पाकिस्तान सरकारको कार्यको निन्दा गर्दै इस्लामाबाद र काबुलबीचको तनावका लागि नागरिकहरूलाई सजाय दिइरहेको बताएको छ । तालिबान सरकारले अफगानीहरूको प्रस्थानका लागि थप समय दिन आग्रह गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.