कोरोना भन्दा पनि अन्य बिरामीले अस्पताल चहार्दा चहार्दैमा मृत्युवरण गर्नुपर्ने अवस्था
मोरङ- कोरोना संक्रमणको डरले निजी अस्पतालहरुले सामान्य विरामीहरुलाई समेत भर्ना नलिएर फर्काईरहेकेा बेला विराटनगरस्थित कोशी अस्पतालले सबै किसिमका विरामीहरुलाई भर्ना लिने गरेको छ ।
कोरोना संक्रमित भएको आशंकामा गर्भवती, डायलासिस, मुटु रोग, सामान्य रुघाखोकीका विरामीहरु समेत उपचार नपाएर फर्किनु परिरहेकाले कोशी अस्पतालले १० श्ययाको आईसोलेशन वा नै संचालन गरेर विरामीहरुको उपचार थालेको हो ।
शंकास्पद विरामीलाई आईसोलेशन वार्डमा राखेर उपचार र कोरोना परीक्षण दुवै गर्ने गरिएको तथा कोरोना पोजेटिभ आए कोभिड अस्पतालमा रेफर गर्ने गरिएको कोशी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
कोशी अस्पतालले नियमित रुपमा बहिरंग सेवा समेत संचालन गरिरहेको छ । बहिरंग सेवामा दैनिक ५ सय देखि ७ सय विरामीहरु उपचारका लागि आउने गर्छन् । कोरोनाको डरले भन्दा पनि आफ्नो क्षमताले नसक्ने विरामीहरुलाई मात्र फर्काउने गरिएको मेडिकल सुपरिण्टेण्डेण्ट डा. चुमनलाल दासले बताउनु भयो ।
उच्च अदालत विराटनगरले निजी तथा सबै अस्पतालहरुलाई कोरोना संक्रमित र अन्य विरामीलाई विभेद नगरी उपचार गर्न आदेश दिएको छ । तर अझै पनि धेरै अस्पतालहरुले कोरोना संक्रमणकै डरले उपचार नगरी विरामी फर्काउने गरेको भएपनि सम्बन्धित निकायले चासो दिएको छैन ।-
प्रतिक्रिया राख्नुहोस्