इजरायली सेनाले मुख्य बाटो खोलिदिएपछि ५० हजार प्यालेस्टाइनीले गाजा शहर छाडे

काठमाडौं- इजरायली सेनाले दक्षिणी गाजा जाने मुख्य बाटो खोलिदिएपछि ५० हजार प्यालेस्टाइनीहरूले गाजा शहर क्षेत्र छोडेको इजरायलले जनाएको छ ।

हमासले उत्तरमा नियन्त्रण गुमाएको दाबी इजरायली सेनाले गरेको छ । केही हप्तादेखि इजरायलले गाजाको उत्तरी भाग सुरक्षित भएको बताउँदै मानिसहरूलाई दक्षिणतिर जान भनेको थियो । तर उत्तर र दक्षिण दुबै ठाउँमा ईजरायलले हवाई हमला गरेको हमासद्वारा सञ्चालित अधिकारीहरूले बताएका छन् ।

गाजामा मारिएका सर्वसाधारणको संख्याले इजरायलको सैन्य कारबाही स्पष्ट रूपमा गलत भएको देखाएको संयुक्त राष्ट्र संघका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् ।

यसैगरी संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजा स्ट्रिपमा प्यालेस्टाइनीहरूले जीवनको अति नै कठिन परिस्थितिको सामना गरिरहेको बताउदै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेका छन् ।

साथै उनले इजरायल र हमास दुवैलाई युद्ध अपराधको आरोप समेत लगाएका छन् । तर इजरायलका नेतान्याहूले गाजामा बन्दीहरूलाई रिहा नगरी युद्धविरामको सम्भावनालाई फेरि अस्वीकार गरेका छन् ।

अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा १० हजार ५६९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने इजरायलमा सोही अवधिमा मृत्यु हुनेको संख्या १ हजार ४ सय भन्दा बढी छ । मृत्यु हुने मध्ये ४ हजार ३ सय भन्दा बढी बालबालिका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.