क्रिकेटर लामिछाने मुद्दाः एक महिनाभित्र बहस नोट पेस गर्न आदेश

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहिबार सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो ।

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा खेल्ने अनुमति दिन आदेश गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.