मकवानपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न रोक

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रशासन राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरेको हो ।

सुरक्षा समितिको बैठकले राती ९ बजेसम्म मात्र देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री बितरण तथा ओसारपसारमा रोक लगाएको छ । जुवा, तास जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै २०७९ साउन ११ नेपाल सरकारले प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा पूर्ण रोक लगाइएकोले उक्त कार्य नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । प्रचलित कानुन विपरितका कार्य गरेमा कारबाही गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.