झिलिमिलीको पर्व तिहार

काठमाडौं- दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त चाड तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड ।

हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । आज लक्ष्मी पूजाको दिन झिलीमिली बत्तिले घरहरु दुलही झैं चिटिक्क सिंगारिएका छन् ।

काठमाडौँका सडकसँगै घर एवं व्यावसायिक घराना समेत झिलिमिली पारिएका छन् । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पार्ने प्रचलन रहीआएको छ ।

साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अजम्बरी अनुभूति प्रदान गर्दछ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश यो पर्वले दिने विश्वास गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.