गाजामा दैनिक दुई ट्यांकर इन्धन दिन इजरायल सहमत

काठमाडौं- गाजामा इन्धनको अभावमा पूर्णरुपमा बन्द भएको टेलिफोन र इन्टरनेट सेवा २४ घन्टापछि पुनः संचालन हुने प्यालेस्टाइनी टेलिकमले जनाएको छ ।

गाजा पट्टीमा संयुक्त राष्ट्र संघीय सहायता कार्यलाई सहयोग गर्न इजराइली पक्षले दैनिक दुई ट्यांकर इन्धन लैजान दिने सहमति गरेसँगै संचार सम्पर्क पुनर्स्थापित गर्न पनि सहज भएको हो ।

इन्धनको प्रवाह हमाससम्म नपुग्ने सुनिश्चिततापछि मात्रै गाजा पट्टीमा इन्धन लैजान दिने सहमति भएको हो । यति इन्धनले सामान्यत पानी र ढल निकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

एक अमेरिकी अधिकारीका अनुसार अधिकांश इन्धन मानवीय सहायताका लागि प्रयोग हुनेछ । त्यसको एक भाग फोन र इन्टरनेट सेवामा प्रयोग हुने बताइएको छ ।

यसैगरी इजरायली सेनाले गाजाको अल-शिफा अस्पतालमा शुरु गरेको कारवाहीका क्रममा अस्पताल नजिकै हमासले बन्धक बनाएको दोस्रो महिलाको शव भेटेको जनाएको छ । हमासले बन्धक बनाएका २ सय ४० जना मध्ये नोआ मार्सियानो पनि एक हुन् ।

इजरायली सेना आवद्ध उनको शव हालै फेला परेको हो । हमासले गत अक्टोबर ७ मा इजराइलमा गरेको आक्रमणमा परी १ हजार २ सय जनाको ज्यान गएको थियो ।

इजरायलले हमास विरुद्ध गाजापट्टीमा गरेको जवाफी कारवाहीका क्रममा हालसम्म १२ हजारभन्दा बढी मानिस मारिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.