विद्यार्थीहरुलाइ दुना-टपरी बनाउने तालिम

काभ्रे- सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा सिकाईको क्रममा विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने उदेश्यले काभे्रको एक विद्यालयले दुना टपरी वनाउने तालिम सञ्चालन गरेको छ ।

पढाइसँगै परम्परागत सीप तथा दुना-टपरीको प्रयोगात्मक जानकारी दिने उदेश्यले बनेपा नगरपालिका वडा नं. ७ मा रहेको बेलर इन्टरनेश्नल एकेडेमीले विद्यालयका कक्षा ९ अध्ययरत छात्र छात्राहरुलाई दुना-टपरी बनाउने सिप प्रदान गरेको हो ।

सालको पातबाट बनाइने दुना-टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुँदै गएकोले यसको संरक्षणको लागि तालिमको आयोजन गरीएको विद्यालयका प्रिन्सिपल इन्दु थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो– “पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्य सहित हामीले छात्राहरुलाई लाई दुना, टपरी बनाउने जिवन उपयोगि परम्परागत सीप प्रदान गरेका हौ ।”

विद्यालयका कक्षा ९ मा अध्ययनरत एक सय दुइ जना विद्यार्थीलाई उक्त तालिम दिइएको प्रिन्सिपल थापाले जानकारी दिनुभयो । तालिममा विद्यालयका शिक्षक शिीक्षकाहरुले सालको पातबाट बनाईने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा प्रकाश पार्दे विद्यार्थीहरुलाई दुना टपरी बनाउने सिप सिकाउनुभएको थियो ।

हाम्रो समाजमा भोज भतेर, पूजाआजा जस्ता कार्यक्रममा दुना टपरी प्रयोग गर्ने प्रचलन रहेको छ । तर पछिल्लो समय कागज र प्लाष्टिकका प्लेट प्रयोग वढेपछि दुना टपरी लोप हुने अवस्थामा पुगेको हो । विद्यालयस्तरबाटै सीप सिकाउँदा मौलिक कला परम्परा जगेर्ना हुनुको साथै छात्राहरूलाई पछि व्यावहारिक रुपमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.