कोशी प्रदेश: प्रतिस्थापन बजेटको आकार बढाइयो

विराटनगर – कोशी प्रदेशले अघिल्लो सरकारले ल्याएको बजेटको आकार बढाएर प्रतिस्थापन बजेट ल्याएको छ । प्रदेश सरकारले आज प्रदेश सभामा आर्थिक वर्ष ८०/८१ को लागि ३६ अरब ७४ करोड ३५ लाख रुपैया बराबरको बजेट पेश गरेको हो । यसअघि हिक्मत कार्की नेतृत्वको सरकारले गत जेठमा लागि ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।   आर्थिक वर्षको पहिलो चौमासिक बितिसकेकेा समयमा कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट अघिल्लो बजेट भन्दा करिब ५० करोड बढीको बजेट ल्याएको हो ।

मुख्यमन्त्री केदार कार्कीले शनिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ९ औं बैठकमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको बनेकेा कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पेश गर्नुभयो ।

प्रतिस्थापन विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले बजेटमा सामान्य हेरफेर गरेको र एक लाखे दुई लाखे योजनाहरु कटौती गरेर प्रदेश सांसदहरुको हैसियत र अवस्थालाई उचो पार्ने प्रयास गरेकेा बताउनु भयो ।

मुख्यमन्त्री केदार कार्कीले पेश गर्नुपर्ने भएको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव र्सवसम्मतिले पारित भएको छ । प्रतिस्थापन विधेयक माथि आइतवार देखि सैद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

कोशी प्रदेश सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा पूँजीगत तर्फ २० अरब ३८ करोड १५ लाख रुपैया र चालू खर्च तर्फ१२ अरब ६८ करोड १० लाख रुपैया छुट्याएको छ भने स्थानीय तहलाई वित्तिय हस्तान्तरणका लागि ३ अरब ६६ करोड ७३ लाख रुपैया विनियोजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.