नयाँ हवाई नीति आउँदै (भिडियोसहित)

व्यक्तिगत प्रयोगका लागि निजी जहाज राख्न पाउने व्यवस्था प्रस्ताव

काठमाडौं- सरकारले नयाँ हवाई नीति लागु गर्ने तयारी गरेको छ। यसका लागि नयाँ हवाई नीतिको मस्यौदामा सरकारले सरोकावालासँगको छलफल अगाडि बढाएको छ ।

सरोकारवालाको राय लिएर छिट्टै मन्त्रिपरिषद् मा लग्ने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ।

प्रस्तावित हवाई नीति विश्वको हवाई क्षेत्रको अवस्था र नेपालको आवश्यकता अनुसार तयार गरिएको मन्त्रालयका सह-सचिव

बुध्दिसागर लामिछाने बताउनुहुन्छ ।

सरकारले नेपालमा हवाई उद्योगसँग सम्बन्धित क्षेत्रमा २ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने लगानीकर्तालाई ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने प्रस्ताब गरेको छ ।

प्रस्तावित मस्यौदाले हवाई उद्योगभित्र वायुसेवा कम्पनीसँगै विमानस्थल निर्माण वा विकास, वायुयान र वायुयानसँग सबन्धित उपकरणको मर्मत सम्भार गर्ने संस्था, हवाई उडान प्रशिक्षण संस्था, वायुयान निर्माण वा डिजाइन गर्ने संस्था समेतलाई राखेको छ ।

यस्तो क्षेत्रमा लगानी गर्न चाहनेलाई आवश्यक जग्गा समेत सरकारले उपलब्ध गराउन सहयोग गर्ने मस्यौदामा उल्लेख छ ।

अब कुनै वायुसेवा कम्पनीले एक नयाँ वायुयान थप गर्न चाहे भने दुई वर्षसम्म र दुई वा सोभन्दा बढी वायुयान थप्दा समेत ३ वर्ष आयकरमा ५० प्रतिशत छुट दिने नीति मस्यौदामा छ ।

नयाँ हवाई नीतिमा व्यक्तिगत प्रयोगका लागि निजी जहाज राख्न पाउने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

अव व्यक्तिले निजी जहाज राख्न पाउँनेछ  तर त्यसका लागि हवाई उडान सुरक्षा र हवाई सुरक्षा प्रावधानका शर्तहरु भने पालना गर्नुपर्ने हुन्छ ।

नयाँ हवाई नीतिमा गरिएको व्यवस्थाअनुरूप तीन वटा जहाज भएपछि मात्रै वायुसेवा प्रदायक कम्पनीले उडान सेवा सञ्चालन गर्न पाउनेछन् ।

यसबाट मुलुकको हवाई सेवा प्रतिस्पर्धी हुने अपेक्षा सरकारले गरेको छ । सरकारले २०६३ सालको हवाई नीति विस्थापित गर्दै नयाँ नीति ल्याउन लागेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.