बर्तमान व्यवस्था कमजोर बनाउने प्रयास भएको छ-काँग्रेस

तत्काल मन्त्री हेरफेरको संभावना छैन

काठमाडौ – नेपाली कांग्रेसले देशको संविधान र व्यवस्था कमजोर बनाउने प्रयासहरु भइरहेको बताएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी पूर्व पदाधिकारी बैठकले विभिन्न बहानाबाजी गरेर बर्तमान ब्यवस्था कमजोर बनाउने कोसिस भएपनि जनताबाट स्थापित भएको वर्तमान व्यवस्था कमजोर नभएको निश्कर्ष निकालेको हो ।

बैठकले भुकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारसँग माग गरेको छ ।

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट रुपमा दिदा सहज हुने भन्दै काग्रेसले यस्तो आग्रह गरेको हो ।

बैठकमा महासमितिको बैठकको तयारी लगायत समसामयीक विषयमाा छलफल भएको नेताहरुले बताएका छन् ।

यसैबीच अर्थमन्त्री प्रकाश शरण महतले तत्काल मन्त्री हेरफेरको संभावना नरहेको स्पष्ट पार्नु भएको छ ।

मन्त्री फेरबदलका विषयमा प्रधानमन्त्रीबाट केहि कुरा नआएकाले तत्काल त्यस्तो कुनै सम्भावना र प्रधानमन्त्रीको योजना पनि महतले बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.