भाषण भन्दापनि काम गर्ने समय आएको छ-सभापति देउवा
रुपन्देही– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषण भन्दापनि काम गर्ने समय आएको बताउनु भएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्नुहुँदै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको भन्दै अब देशमा भाषणभन्दा काम गर्ने समय आएको बताउनु भयो।
नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफूले कम बोल्ने र काम बढी गर्ने लक्ष्य राखेको उल्लेख गर्नु भयो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्रस्थलमा भएकोले सम्मेलनबाट नेपाली कांग्रेसलाई बलियो बनाउन महत्वपूर्ण सन्देश दिनुपर्ने भन्दै नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमा कांग्रेसका महामन्त्री विश्वप्रकाश नेपाली कांग्रेसले महत्वपूर्ण मोडमा कांग्रेसले नेतृत्व गरेको बताउँदै नेतृत्व गर्नेुपर्ने दिन आएको बताउनुभयो । महामन्त्री शर्माले देशको व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन चाहिएकोले कांग्रेसले नेतृत्व लिन जरुरी रहेको जोड दिनु भयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले प्रदेशले अझै अधिकार नपाएको गुनासो गर्नुहुँदै संघबाट दिन सकिने अधिकार प्रदेश सरकारलाई छिटो प्रदान गर्नेतर्फ ढिलाई गर्नु नहुने जोड दिनुभयो ।
प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमिति सहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरि करिव ७ सय जतिको सहभागिता छ ।
प्रतिक्रिया राख्नुहोस्