सिमरा विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा
बारा- नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । हवाईजहाजमा इन्धन भर्ने स्टेशनको शुभारम्भ तथा समुद्घघाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले हवाइजहाजलाई इन्धन भर्ने ट्रयाकरको रिबन काटेर तथा भवनको शिलन्यास गरेर गर्नु भएको हो ।
इन्धन डिपो राख्न आयल निगम र सिमरा विमानस्थल कार्यालयबिच कार्तिक १३ मा सम्झौता भएको थियो । काठमाण्डौं अन्तर्राष्ट्रिय विमानस्थलबाट छोटो दुरीमा रहेको दिवा तथा रात्रिकालीन सुविधा सम्पन्न विमानस्थल भएका कारण हवाई इन्धन डिपो नहुदा समस्या हुदै आएको थियो । अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्नेछन ।
डिपो स्थापना गर्नका लागि नागरिक उड्यन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । मन्त्री रिजालले इन्धन भण्डारण डिपोको शिलन्यास समेत गर्नु भएको छ । डिपो तयार नभएसम्मका लागि नेपाल आयल निगमका दुई ट्याकरले हवाई जहाजमा ईन्धन भर्ने सिमरा विमास्थल कार्यालयका प्रबन्धक सुर्य बहादुर खत्रीले बताउनु भएको छ ।
देशकै पहिलो पुरानो विमानस्थल सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने डिपो नहुँदा मौसम र एयर ट्राफिकका कारण काठमाडौंमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए ।
प्रतिक्रिया राख्नुहोस्