ओलीलाई नौ वर्षीय बालकको प्रश्न: हामी पनि पेट पाल्न विदेश जानै पर्ने हो ?

काठमाडौै- पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रामा निस्किनु भएका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ बर्षीय बाललले एक पत्र थामाउँदै गंभिर प्रश्न गरेका छन् ।

एमाले अध्यक्षले ओलीले फेसबुक मार्फत सार्वजनिक उक्त पत्रमा गुर्भाकोट नगरपालिका- १० भेडाभारी सुर्खेतका किशोर पौडेलले ओलीलाई दिएको चिठीमा हामी युवा हुदा पनि पेट पाल्न विदेश जानै पर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन् ।

”हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ। ओलीले उक्त चिठीबारे फेसबुकमा लेख्नु भएको छ ।

यसैबीच मंगलबार सल्यानमा भएको कार्यक्रममा ओलीले जनताका नजिकबाट बुझ्न र  सुझाव सङ्कलन गर्न पार्टीले समृद्धिका लागि सङ्कल्प यात्रा गरेको बताउनु भएको छ।

अभियानको क्रममा सल्यानको सल्लीबजारमा  आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुहरुले जनताको  समस्या अध्ययान र समाधानको लागि अभियानमा हिडेको बताउनु भएको हो ।

”अभियानका क्रममा जनताको समस्याको स्थगत अध्ययन  ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको  छ । एमाले सरकार हुँदाका बखत थालिएका परियोजना अलपत्र पारिएको छ। विकास,सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणको अवस्था विग्रदो रहेको छ,” उहाले भन्नुभयो

राष्ट्रिय एकता कायम गर्न, देशको स्वाधीनता र सार्वभौमिकतालाई जोगाउन एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको दावी गर्दै अध्यक्ष ओलीले मुलुकमा अहिले देखिएका समस्याको हल एमालेविना असम्भव रहेको जिकिर गर्नुभयो ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.