स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सम्मानित

स्याङ्जा – बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा स्याङ्जाको भीरकोट नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
दिवसका अवसरमा विभिन्न प्ले कार्डसहित महिला स्वास्थ्य स्वयंमसेविका ,पालिका प्रमुख तथा उपप्रमुख , नगरपालिकाका कर्मचारी, स्थानियवासीलागायतले बयरघारी बजारको परिक्रमा गरेका थिए ।

सो अवसरमा आयोजित कविता वाचनमा उत्कृष्ट हुन सफल वडा नम्बर दुईकी स्वयंमसेविका मन्जुकमारी अधिकारीलाई नगद पाँच हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रबाट पुरष्कृत गरिएको थियो ।

अधिकारीलाई नगर प्रमुख गोबिन्दकुमार कर्मचार्य तथा उपप्रमुख भगवती अर्यालले  सम्मान गर्नुभयाे । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.