दुई वर्ष नाघेका मुद्दालाई शुन्यमा झारिने प्रधानन्यायायधिस श्रेष्ठको भनाई

नुवाकोट-  प्रधान न्यायाधिस विश्वम्भरप्रसाद श्रेष्ठले देशको विद्यमान कानून, विद्यि र पद्धती अनुसार आफुले न्यायलाई सवैको पहुंचमा लैजानका लागि न्यायालयमा सुधार गर्नुभएको बताउनुभएको छ ।
नुवाकोटको विदुरमा विहीवार जिल्ला अदालतको भवन उद्घाटन गर्दै प्रधान न्यायाधिस श्रेष्ठले अदालतमा दुई वर्ष नाघेका मुद्धालाई शुन्यमा ल्याउने, उत्कृष्ट र कानूनसम्मत न्याय प्रणालीको सुरुवात गर्नेलगायतका विषयलाई आफुले प्राथमिकता दिएको बताउनुभयो ।

श्रेष्ठले दुई वर्ष भन्दा लामो अवधिका मुद्धा रहिरहंदा सवै पक्षलाई समस्या परिरहेका कारण यसको नियन्त्रणका लागि आफुले विशेष योजना ल्यएको बताउनुभयो ।

न्यायालयमा सवैको पहुंच पु¥याउन अव अनलाइन प्रविधिवाटै मुद्धा दायर गर्न सकिने कार्य सुरु गरिने श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.