विमानस्थलमा सुन तस्करीको अर्को प्रकरण : १४ किलो सुनसहित घले पक्राउ

काठमाडौँ-   गए राति दुबाईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्तिबाट १४ किलोग्राम सुन बरामद भएको छ ।

प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन ।

घले फ्लाई दुबाईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए ।

डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई थप कारवाहीका लागि भन्सार विभाग बुझाइएको छ ।

शरिरमा लुकाएर ल्याएको अवस्थामा  घले पक्राउ परेको थियो ।

केही समय अघि ठूलो परिमाणमा भएको सुन तस्करीको चर्चा सेलाउन नपाउँदै फेरि अर्को सुन तस्करीको प्रकरण थपिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.