१४ किलो सुन प्रकरण: प्रमुख भन्सार अधिकृतको नेतृत्वमा छानबिन समिति

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको  १४ किलो सुन छानबिन गर्न  ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। बिहीबार राति दुबई हुँदै काठमाडौं आएका गोरखाका चन्द्र घलेबाट बरामद करिब १४ किलो सुन प्रकरण छानबिन लागि विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो । 

समितिलाई ५ दिनको कार्यादेश दिइएको छ। समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहनु भएको छ । 

बिहिबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरिएको थियो ।

यसैबीच काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो ।विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.