जाजरकोट भूकम्प पीडितका लागि नेपाल टेलिभिजनद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल टेलिभिजनले ६ लाख ७६ हजार रुपियाँको चेक आज सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई हस्तान्तरण गरेको छ ।

टेलिभिजनका कार्यकारी अध्यक्ष शमीरजंग शाह लगायत कर्मचारीहरुले मन्त्री शर्मालाई सो चेक प्रदान गर्नुभएको हो ।

अध्यक्ष शाहले भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापना लागि टेलिभिजनमा कार्यरत ३ सय ४८ जना कर्मचारीबाट सो रकम जुटाईएको बताउनुभयो ।

सो अवसरमा मन्त्री शर्माले जाजरकोट र रुकुम पश्चिममा लगायत भुकम्प प्रभावित ठाँउमा सबैलाई छानो ल्याउन भन्ने उदेश्यका साथ अस्थाई टहरा बनाउने काम मंसिरसम्म सम्पन्न गर्ने बताउनुभयो ।

सरकारले हरेक क्षेत्रबाट भुकम्प पिडितलाई सहयोग गर्न कुनै कसर बाँकी नराखेको मन्त्री शर्माले बताउनुभयो । उक्त क्षेत्रमा व्यवस्थित वस्तीका लागि सरकारले चाँडै नयाँ योजना अघि बढाएर काम गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.