लागु औषध ब्राउन सुगरसहित सिराहामा दुई पक्राउ

सिराहा –  लागु औषध ब्राउन सुगरसहित सिराहामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय माडर खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा मिर्चेया नगरपालिकाका २४ वर्षीय कृष्णाकुमार यादव र १८ वर्षीय रुपेश पासवान रहेका छन्।
खानतलासीका क्रममा उनीहरूबाट एक ग्राम ७२ मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भेटिएकाे जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता रबिन्द्रराज पाण्डेले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.