प्रहरीकाे गाेली लागि मृत्यु भएको घटनाकाे विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

बारा- गत बुधबार बाराको सिम्रौनगढ नगरपालिकामा भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै हडतालका क्रममा प्रहरीकाे गाेलि लागि सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।

घटनाको विरोधमा आज नेपाली काँग्रेस क्षेत्र नं १ काे आयाेजनामा पुर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको हो ।

शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बितेपनि माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको आयोजकले जनाएका छन् ।

शनिबर दिउँसो १ बजे देखि शुरु भएको चक्काजाममा आन्दोलनकारिहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी कलवारको पुत्ला दहन तथा राजीनामाकाे माग गरेका छन्। ।

सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरुले बिगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले आफ्नो तलबको माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनले गर्दा नगरपालिकामा रहेको अस्पतालको सेवा विद्यालयको पठनपाठन समेत अबरुद्ध भएको छ ।
नगरपालिकाको कार्यलय पछिल्रलाे दुइ महिना देखि बन्द रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.