उपत्यकामा ६७६ जना संक्रमित
काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित भेटिएका ५२ जिल्लामध्ये काठमाडौंमा अधिक संख्या वृद्धि भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्