एकीकृत समाजवादी बैठकमा विधान संशोधनको प्रस्ताव पेश

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टी सङ्गठन विभाग प्रमुख एवम् पार्टी उपाध्यक्ष वेदुराम भुसालले विधान संशोधन कार्यसमितिको तर्फबाट विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो ।
पार्टीको यसअघि बसेको सचिवालय बैठकले भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।
आजको सचिवालयको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम सुरु भएको र बैठक भोलि पनि जारी रहने नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्