पाँचदलीय गठबन्धनका कारण अहिलेसम्म संविधान बचेको छ: केसी

रूपन्देही – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । 

रुपन्देहीको बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उहाले पाँचदलीय गठबन्धनका कारण अहिले सम्म संविधान बचेको बताउनु भयो । नेता केसीले गठबन्धन भित्रपनि सवै राम्रा काम नभएको बताउँदै लोकतन्त्र गणतन्त्र जोगाउने काम गठबन्धनले गरेको दावी गर्नु भयो ।

 उहाँले गठबन्धनमा भएको सम्झौतालाई अक्षरशः पालना गरेर अगाडि बढ्न समेत दलहरूलाई सुझाव दिनुभयो । देशमा धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यो व्यवस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेपालमा संघीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज उठ्नु स्वभाविक भएको दावी गर्नुभयो । प्रदेशलाई खारेज गरी स्थानीय तहहरुलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने नेता केसीको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.