सालक संरक्षणका लागी सालकको प्रतिमा

धादिङ- दुर्लभ वन्यजन्तको सूचिमा रहेको सालकको संरक्षण चुनौतिपूर्ण बन्दै गएको एक अध्यानले देखाएको छ । सालक संरक्षणका लागि सर्वसाधरणमा जनचेतना नहुन र सालकको खपेटाको अबैध बिक्रिका लागि चोरीसिकारी बढ्दै जानु यसको मुख्य कारण रहेको छ । जस्ले गर्दा सालकको महत्व बुझाउन डिभिजन बन कार्यालय धादिङले भने कार्यालय परिसरमा सालकको शालिक पनी निर्माण गरिएको छ ।

विश्वकै दुर्लभ बन्यजन्तु सालकको महत्व बुझाउन डिभिजन बन कार्यालय धादिङले भने कार्यालय परिसरमा सालकको प्रतिमा स्थापना गरेको हो । सालकको संरक्षण गर्ने र यसको चोरी पैठारी रोक्ने उदेश्यले कार्यालयले सालकको देवलसहितको प्रतिमा स्थापना गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायले बताउनु भएको छ ।

कार्यालयले जिल्लाको १३ वटै स्थानिय तहसँग समन्वय गरेर हरेक पालिकामा सालकको प्रतिमा बनाउने अभियान सञ्चालन गर्ने पनि प्रमुख आर्चायले बताउनुभयो ।

धादिङमा सबैभन्दा बढी सालक पाईने र सबैभन्दा बढी चोरी पैठारी हुने भएकाले संरक्षणको लागि यस्तो अभियान सञ्चालन गरिएको हो । सालकको महत्व थाहा नभएर चोरी पैठारी भएको भन्दै प्रमुख आर्चायले यसको महत्व बुझाउन सजिलो होस् भनेर प्रतिमा स्थापना गरिएको बताए ।

कार्यालयमा आउने सेवाग्राहीहरुले सालकको प्रतिमा देखेर त्यसको महत्व बुझ्ने हेर्ने, तस्विर खिच्ने लगायतका क्रियाकलापले सालकको महत्व बुझ्ने प्रमुख आर्चायको विश्वास विश्वास छ ।

धादिङमा भएको संरक्षित वन्यजन्तु सालकलाई जोगाउनु र जनतालाई जनचेतना अभिवृद्धि गर्ने दायित्व वन कार्यालयको भएकाले सालकको प्रचार, संरक्षण तथा प्रवर्द्धन गर्नलाई अभियानको रुपमा काम गर्ने विश्वास कार्यालयको छ ।

संसारमै दुर्लभ मानिएका ८ प्रजातिका सालकमध्ये धादिङका विभिन्न क्षेत्रहरुमा रहेको वनमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाइन्छ ।

नेपालमा पाइने स्तनधारी मध्ये कालो सालक आईयूसीएनको अति संकटासन्न सूचीमा रहेको छ । विश्वबाट लोपोन्मुख अवस्थामा रहेको सालक धादिङमा अत्याधिक मात्रामा भेटिन्छ । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि बन कार्यलयले काम गरिरहेको छ ।

पछिल्लो समय सालकको तस्करी बढ्न थालेको छ । जसले गर्दा सालकहरु झन् जोखिममा परेका छन् ।तस्करीले मात्र होइन साँघुरिँदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको बासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवं प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको हो ।

सालक नेपाल, भारत, चिन लगायतका दक्षिण एसियाली देशका साथै अफ्रिकन मुलुकका उष्ण भू–भागहरुमा पाइने लोपोन्मुख वन्यजन्तु हो । सालकको मूख्य आहारा धमिरा र कमिला हो ।

यसले ओसिलो जमिन खोजि दुलो बनाएर धमिरा र कमिलाको आहारा खाने गर्दछ । यसको शरीर कडा खपेटाले ढाकिएको हुन्छ । आफू अप्ठ्यारोमा पर्नासाथ यो वन्यजन्तु भकुण्डो जस्तै डल्लो पर्छ; र गुडुल्किएर ज्यान बचाउँछ । दिनमा भन्दा पनि रातमा आहारा खोज्न निस्कने हुनाले सालकको चोरी सिकार रातमा गरिन्छ ।

वन्यजन्तु विज्ञहरुका अनुसार विश्वमा आठ जातिको सालक पाइन्छन् । तर नेपालमा भने संकटग्रष्त कालो र लोपोन्मुख तामे सालक मात्र पाइन्छ । यसको लम्वाई ६० देखि ७० सेन्टिमिटरसम्म फैलिएको हुन्छ । एउटा वयस्क सालकको शरीरमा ढेढ किलोसम्म खपेटा हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.