आजदेखि बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला, अन्तर्राष्ट्रियसहित छ सय स्टल दर्ता

रुपन्देही- बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनिस्थलमा आजदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा दश अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता भएका छन् ।

आर्थिक मन्दीकाबीच रुपन्देहीमा आयोजना हुने ब्यापार मेलामध्ये यो स्टल संख्या सबैभन्दा धेरै हो । रुपन्देही ब्यापार संघको आयोजनामा हुन लागेको एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकस्तिान, कोरयिा लगायतका देशबाट १० वटा राष्ट्रका उत्पादनका स्टल रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

रुपन्देही व्यापार संघले बिगतदेखि नै कृषिको ब्यवसायीकरण तथा आधुनकिरण, स्थानीय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवामूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका व्यवसायीलाई महत्वपूर्ण ढंगले समावेश गर्ने प्रयास यसपटकको एक्स्पोमा पनि व्यवहारमै कार्यान्वयन गरिएको संघका अध्यक्ष कृष्णप्रसाद घमिरिेले बताउनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत घरेलु, कृषि, महिला उद्यमी एवम् सामाजिक संघसंस्थाहरुलाई निःशुल्करुपमा केही स्टल उपलब्ध गराइएको उहाँले बताउनुभयो । मेलामा दश लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उपाध्यक्ष डिल्लीराज भण्डारीले बताउनु भयो ।

मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभत्रिका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदा तथा स्थलको प्रचारप्रसारसमेत गरिने महासचिव दयानिधी भण्डारीले बताउनुभयो ।

कोरोना महामारीपछि सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय व्यापार मेलाले टेवा पुग्ने अपेक्षा गरिएको यस क्षेत्रका ब्यवसायीले गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.