प्रधानमन्त्रीले आज इनरुवा विद्युत सव-स्टेसनको समुद्घाटन गर्नुहुँदै

सुनसरी- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सुनसरीस्थित नेपाल विद्युत प्राधिकरण इनरुवाको विद्युत सव-स्टेसनको समुद्घाटन गर्दैहुनुहुन्छ । यसका लागि उहाँ हिजै सुनसरी पुग्नुभएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका-४ मा अहिले केहीबेरमा हुने विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००, २२०, १३२ र ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आजै प्रधानमन्त्री प्रचण्डले मिक्लाजुङ मोरङमा रहेको स्थानीय योजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको छ । मोरङ उद्योग वाणिज्य संघद्वारा आयोजित औद्योगिक महोत्सवमा पनि प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।






प्रतिक्रिया राख्नुहोस्