पाल्पामा बाख्रापालनबाटै वार्षिक तीन करोडकाे आम्दानी

पाल्पा- बाख्रापालनका लागि राम्रो सम्भावना रहेको पाल्पाको रम्भा गाउँपालिकामा बाख्रा बेचेरै बार्षिक ३ करोड बढी रकम भित्रिने गरेको छ ।
गाउँपालिकाभित्रका ३ वटा सहकारी मार्फत भएको खसीबोका बिक्री गरेर २ करोड ७२ लाख ३० हजार रुपैंयाँ आम्दानी भएको छ ।
गत आर्थिक बर्षमा वडा नं. २ फोक्सिङकोटको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानको १ करोड ८० लाख रुपैंयाँको खसीबोका बिक्री भएको हो ।
वडा न. ३ पिपलडाँडाको पिपलडाडा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत ४९ लाख ५० हजार रुपैंया र वडा नं. १ को रम्भादेवी सानाकिसान कृषि सहकारी संस्था मार्फत ३७ लाख ८० हजार रुपैंयाको खसीबोका बिक्री भएको छ ।
बाख्रपालन किसानको उत्साहका लागि गाउँपालिकाले पनि सहयोग गर्र्दै आएको छ । सहकारी मार्फत खशी बोका बिक्री गर्ने किसानहरुलाई सहकारीको सिफारिसको आधारमा प्रतिकलोमा ५० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले रम्भा गाउँपालिका बाख्रापालनका लागि निकै सम्भावना रहेको स्थानको रुपमा रहेको बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्