गुल्मीमा वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान

गुल्मी- गुल्मी जिल्लाका वन सेवाका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले एक कार्यक्रमको अयोजना गरेर कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

कर्मचारीलाई निजामती सेवाको पोसाकबाहेक सुरक्षाकर्मीले लगाउने जस्तै पोसाक र उनिहरुको दर्जा अनुसारको दर्ज्यानी चिन्ह गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रदान गर्नुभयो । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा वन सेवाका कर्मचारीहरुले सुरक्षाकर्मीहरुले जस्तै सलामी दिएका थिए ।

कर्मचारीलाई प्रदान गरिएको दर्ज्यानी चिन्हमा उनिहरुको पद अनुसार सुरक्षाकर्मीहरुको जस्तै संकेतहरु रहेका छन् । उनिहरुको बढुवासँगै त्यो दर्ज्यानी चिन्ह पनि थपिदै जान्छ ।

वन गस्ती, अनुगमन निरिक्षण लगायतका फिल्ड कार्यक्रम कार्यान्वयनका समयमा ड्रेस कोड अनुसारको पोशाक प्रयोग गर्नका लागि कर्मचरीलाई पोसाक र दर्ज्यानी चिन्ह प्रदान गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत जीवन पंगेनीले बताउनुभयो ।

कर्मचारीहरु वन जंगलमा फिल्डमा काम गर्दा उनिहरुको छुट्टै पहिचान स्थापित गर्न लुम्बिनी प्रदेश सरकारले १२ वटौ जिल्लाका वन कर्मचारीलाई पोसाक र दर्ज्यानी चिन्ह प्रदान गर्ने नीति बनाएको छ ।

यस्तो खालको व्यवस्था नेपालका अन्य प्रदेशहरुका रहेको छैन् । तर छिमेकी मुलुक भारत लगायतका अन्य देशहरुमा भने रहेको छ । वनमा जस्ती गर्दा र प्रत्येक शुक्रबार कार्यालयमा समेत ड्रेस कोड अनुसारको पोशाकको प्रयोग गर्नु पर्ने नियम रहेको छ ।

हाल प्रयोगमा रहेको निजामती पोशाक कार्यालयमा रही कामकाज गर्न सहज नै भए तापनि तन कर्मचारीहरु अधिकांश समय फिल्डमा नै कामकाज गर्ने हुँदा सो पोशाक लगाएर फिल्डमा काम गर्न अप्ठ्यारो महशुस भएको भन्दै छुट्टै पोसाक र दर्ज्यानी चिन्हको व्यवस्था गरिएको पंगेनीले बताउनुभयो ।

विना पोशाक फिल्डमा काम गर्दा सर्वसाधारण व्यक्तिहरुले कर्मचारीहरूलाई पहिचान गर्न असमर्थ हुने हुँदा कर्मचारीको पहिचान र आत्मवल वढाउन तथा कर्मचारीहरुमा अनुशासन र एकताको लागी एउटा छुट्टै पोशाक तथा कोडको आवश्यकता रहेको भन्दै लुम्बिनी प्रदेश सरकारले यो व्यवस्था लागु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.