गहुँ सुक्न थालेपछि डडेलधुराका कृषक चिन्तित

डडेल्धुरा- हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यस वर्ष हिउँदेबाली गहु सुक्न थालेको छ । लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।
त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ । त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ ।
गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको अजयमेरु गाउपालिका ४ का हिरा भट्टले वताउनुभयो । उहाँले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा खेतबारीमा लगाएको गहुँ सुक्न थाले, आउँदो बर्खा के खाने होला, सबै बेरोजगार छौ किसान हिरा भट्टको भनाई रहेको छ ।
भागेश्वर गाउपालिका ३ बोगटा राडील र गन्यधुरा गाउपालिका सकायल लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ । डडेल्धुरा डडेल्धुरामा ८ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा गहु खेती गरिन्छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र डडेल्धुरा कार्यालय प्रमुखको खेम राज पनेरुको भनाई रहेको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुरा अनुसार जिल्लामा १४ हजार हेक्टर खेती योग्य क्षेत्रफल रहेको छ । त्यसमध्ये आठ हजार ४ सय २५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सहज भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख राम रथ खरेलले जानकारि दिनु भयो ।
सामान्यतया गहुँ लगाएको दुई÷तीन हप्तामा राम्रो सिँचाइको आवश्यकता हुन्छ, तर यस वर्ष त्यो हुन सकेन, यसले गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ ।’ जिल्लामा गौतम, विजय, स्वर्गद्वारी डब्लु के बाह्र सय चार डाफे र धौलागिरी जातको गहुँ लगाइन्छ ।






प्रतिक्रिया राख्नुहोस्