कान्तिपुर विरुद्ध रवि लामिछाने मुद्दामा

काटमाण्डौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशन विरुद्ध गालि वेइज्यती सम्बन्धिको मुद्दा दर्ता गर्नु भएको छ ।

आफुलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचार समाग्री भ्रामक रहेको भन्दै रास्वपा सभापति लामिछानेले काठमाडौ जिल्ला अदालतमा आज मुद्दा दिनु भएको हो ।

प्रकाशित समाचारहरुमा कुनै सत्यता नभएको भन्दै गाली वेइज्यती मुद्दा लिएर कानुनी उपचारमा जानु परेको सभापति लामिछानेको भनाई छ ।

काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्तापछि तारिख पर्चा फेसबुकमा राख्दै लामिछानेले  समाचारमा आएको जस्तो आफु कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही नभएको र ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम नगरेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.