मरिण महोत्सवमा गायक पौडेलको प्रश्न,सुध्रीने कहिले ?

सिन्धुली– बृहत मरिण साँस्कृतिक एबम पर्यटन महोत्सवको समापन भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको आयोजनामा गत पुस छ गते देखि सुरु भएको महोत्सव आज बाट सकिएको हो । समापन समारोहमा गायक नविन पौडेल लगायतका कालाकारहरुले प्रस्तुति दिएका थिए ।
गायक पौडेलले “ब्यथिती नै ब्यथिती छ सुध्रीने कहिले? भनि गीत बाटै ब्यवस्था र अवस्थाप्रति प्रश्न गरे । उनले गीत प्रस्तुत गरिरहदा उपस्थित हजारौ दर्शकले उनलाई साथ दिए । उनि त्यतीमा रोकिएनन् । “मत हजुर निजामतीको, के सम्झनु छ, घर मेरो सुदुरपश्चिम लगायतका गीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिए ।






प्रतिक्रिया राख्नुहोस्