फोनबाट धम्की दिएर लाखौं रकम असुली गर्ने व्यक्ति प्रहरीको फन्दामा

रौतहट- रौतहटको एक व्यापारीलाई पटकपटक फोनबाट धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाका एक जना व्यापारीलाइ फोन गरेर ५ लाखदेखि ५० लाख रकम माग्ने र रकम नदिए छोराछोरीलाइ अपहरण गर्ने भनी धाकधम्की दिनेलाइ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार आयोजना गरेको पत्रकार सम्मलेनमा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले मोबाईल नम्बर ९८०१५७७५१० बाट पटक-पटक फोन गरी रकम माग्ने आरोपमा फतुवा बिजयपुर नगरपालिका वड़ा नम्बर ८ निवासी भगवान साह पक्राउ परेको बताउनुभयो ।

साहले फोनबाट रकम माग्दै आएको र अपहरण गर्ने समेत धम्की दिएको पीडि़तले दिएको सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा मोबाईल नम्बर प्रयोग गरेको सिमकार्डको आधारमा साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिको विषयमा खोजतलाश जारी रहेको तथा पक्राउ परेका साहलाइ आपराधिक लाभ लिने कसूर अपराधमा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढ़ाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.