त्रिवि उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना गरी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

दरखास्तका साथ शैक्षिक एवं वैयक्तिक विवरणसहित विश्वविद्यालयसम्बन्धी सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना र विश्वविद्यालयको पदाधिकारी मध्य कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको विवरण बुझाउनुपर्ने छ ।

सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि नयाँ उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.