सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी

काठमाडौँ- सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

दिउँसोदेखि भएको स्थानीय दुई पक्षबीचको झडपमा एक जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन र थप घटना हुन नदिन कर्फ्यू लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

सिडिओ धमलाका अनुसार बरहथवा नगरपालिकाको वडा नं ५ र ६ का बजार क्षेत्रमा भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ।

 

यसअघि सर्लाहीको बरहथवामा प्रहरी र स्थानीय प्रदर्शनकारीबीच भएको झडपमा १ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुने स्थानीय बरहथवा-६ का जयशंकर शाह रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ ।

शव अझै पनि स्थानीयकै नियन्त्रणमा रहेको र प्रहरीले स्थिति सामान्य बनाउन कोशिष गरिरहेको घिमिरेले बताउनुभयो ।

स्थानीय अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर स्थानीयहरु नै दुई पक्षमा विभाजित हुँदा झडप भएको स्थानीय प्रसाशनले जनाएको छ।

बरहथवा-६ मा रहेको अस्पताललाई नगरपालिकाले स्तरोन्नति गर्ने कि प्रदेश सरकारले भन्ने विषयमा विवाद चर्किएको हो ।

हिजै देखि स्थानीयबीच झडप हुनसक्ने आँकलन गरेको प्रहरीले आज सोचेभन्दा बढी भिड जम्मा भएकोले नियन्त्रण गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।

झडपमा परी अरु केही स्थानीय र प्रहरीहरु पनि घाइते भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.