ललितपुरको सिडिओमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

काठमाडौँ – गृहमन्त्रालयका आन्तरिक ब्यवस्थापन महाशाखाका प्रमुख तुल्सी बहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मन्त्रालयले ललितपुर प्रहरी प्रमुखमा प्रहरी हेडक्वाटरमा कार्यरत एसएसपी शेखर खनाललाई पठाइएको छ ।

गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले सामाजिक संजाल फेसबुक मार्फत श्रेष्ठलाई प्रजिअ र खनाललाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिएको जानकारी गराउनु भएको हो ।

बालकुमारी घटनापछि यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.