शुभेच्छुकलाई डा. कोइरालाको भिडियो सन्देश- “चिन्ता लिनुपर्दैन”
काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि ओम नर्सिङ होमको आइसोलेशन कक्षमा उपचार गराइरहनुभएका महामन्त्री डाक्टर कोइरालाले आज छोटो भिडियो सन्देश दिनुहुँदै आफूलाई सुधार भइरहेको र अब २-३ दिनपछि डिस्चार्ज हुने जानकारी दिनुभएको छ ।
उहाँले आफ्ना शुभेच्छुकहरुलाई चिन्ता नलिन पनि आग्रह गर्नुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्