काँग्रेसमा सिटौलाको उम्मेदवारी निश्चित,बाँकीको टुंगो लगाइदै
काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेता सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर आजै विराटनगर प्रस्थान गर्नु भएको छ ।
काँग्रेसले पाएका १० सिट मध्ये संस्थापन इतर समुहले ४ सिटमा दावी लिइरहेको छ । संस्थापन पक्ष २ सिटमात्र दिने अडानमा देखिदा बाँकी उम्मेदवारको सम्बन्धमा निर्णय लिन विलम्ब भएको छ ।
पार्टी मुख्यलय सानेपामा अहिले संस्थापन इतर समुह र संस्थापन पक्षका छुटा छुट्टै बैठक बसिरहेको हाम्रा सहकर्मी लाल कुमार मोक्तानले जानकारी दिनु भएको छ । भोलि मनोनयको समय रहेकाले आज अबेर सम्म भएपनि सबै उम्मेदवारको टुंगो लगाइने नेताहरुले जानकारी दिएका छन् ।
काँग्रेसबाट राष्ट्रिय सभामा उम्मेदवारका लागि आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, सबुज बानियाँ, पुष्पा भुसाल, विष्णुदेवी पुडासैनी,उमा दाहालको, गोपालमान श्रेष्ठ, कृष्णबहादुर रोकाया, भूपेन्द्र जंग शाही, बलदेव बोहरा र नारायण दत्त भट्ट लगायतका नेताहरुको चर्चा छ ।
प्रतिक्रिया राख्नुहोस्