राष्ट्रियसभा सदस्यका लागि गठबन्धनले गण्डकीमा दर्ता गर्‍यो उम्मेदवारी

काठमाडाै‍ – राष्ट्रियसभा सदस्यका लागि गठबन्धनबाट गण्डकीमा गोरखाका नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगता-अल्पसंख्यकबाट पदमबहादुर परियारले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

यस्तै माओवादी केन्द्रकी मनरूपा शर्माले महिलामा उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यस्तै एमालेले स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
राप्रपाका रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.