बेनीबजार संरक्षणको काम सुरु

म्याग्दी- हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु भएको छ । बेनी बजार संरक्षणका लागि कालीगण्डकीको नदीको सहत घटेपछि जिल्लाको सदरमुकाम बेनी बजार र पर्वतको जलजाल–३ वारीबेनी बजार संरक्षणको काम सुरु गरिएको हो ।

हिउँद लागेसँगै म्याग्दी नदी र कालीगण्डकीको कटान नियन्त्रणका लागि बस्ती संरक्षणको काम सुरु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र वारीबेनी, मंगलाघाट गलेश्वर बजार संरक्षणको योजना संचालन गरिएको परियोजनाका ईन्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याग्दीमा यस बर्ष करिब ५० करोडको बस्ती संरक्षण योजना संचालन गरिएको छ । बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा रु ५० करोडको लागतमा योजना सञ्चालन गरेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जीनीयर कृष्ण विश्वकर्माले बताउनुभयो ।

रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गर्न काम सुरु गरेको छ ।

मंगलघाट बस्ती संरक्षणका लागि म्याग्दी नदीको किनारमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ ।

त्यस्तै पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुरु भएको छ । डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.