सनाखत भएका ८ शव मध्ये ३ वटाकाे पोष्टमार्टम

दाङ – राप्ती नदिमा बस खस्दा ज्यान गुमाएकाको शव पोष्टमार्टम सुरु गरिएको छ । दुर्घटनापछि लमही अस्पतालमा ल्याईएका १२ वटा शव मध्ये सनाखत भएका ८ जनाकाे पोष्टमार्टम भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयाे ।
अहिलेसम्म ३ जनाकाे पोष्टमार्टम भईसकेकाे छ । कतिपय आफन्त शव लिन लमही अस्पताल आईपुगेकाे प्रहरीले जनाएकाे छ । घर सम्म शव पुर्याउन निशुल्क एम्बुलेन्स उपलब्ध गराइने भएको छ । पोष्टमार्टम पछि शवलाई आजै आफन्तकाे जिम्मा लगाउने तयारी भएको मल्लले जानकारी दिनुभयाे ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो ।
पुलबाट बस खस्दा १२ जनाकाे मृत्युु भएको थियाे । भने २३जना घाइते छन् । घाइते मध्य ४ जनाकाे अबस्था गम्भीर छ । प्रहरीका अनुसार १२ मध्य ८ जनाको सनाखत भएको छ । बसमा ३६ जना यात्रु रहेकाे मल्लकाे भनाइ छ ।
बस चालक सल्यान त्रिबेणी गाउँपालिका ४ का २८ बर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया राख्नुहोस्