त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल

चितवन- नारायणगढ सडकखण्डबाट आज बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको थियो ।

गाडी पूर्ण रुपमा नदीमा डुबेको थियो । गाडी आज बिहान ४ बजे खसेको थियो । दुर्घटनास्थलमा गाडीको बीआर ०९ जीसी १४३० नम्बर प्लेट फेला परेको थियो ।
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेका थिएनन्।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रु फेला परेका थिएनन् । प्रहरीले गाडीका चालक सकशुल रहेको सूचना पाएको जनाएको छ।

गाडीका चालकले दुर्घटना हुँदा हाम फालेर ज्यान जोगाएको र पछि अर्को गाडी चढेर दुर्घटनास्थलबाट अन्यत्र गएको प्रत्यक्षदर्शीले जानकारी दिएको मुग्लिन ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटीले बताउनुभयाे।
त्रिशुलीमा खसेको गाडीका चालक पानीले भिजेको अवस्थामा सडकमा पुगेको र अर्को गाडीसँग लिफ्ट मागेर त्यहाँबाट नारायणगढतर्फ गएको भनेर प्रत्यक्षदर्शीले जानकारी दिएको शिवाकोटीको भनाइ छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.