मिर्चैयामा पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु

सिरहा- सिरहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो ।

नगरप्रमुख श्रवणकुमार यादवले पहिलो दिन मिर्चैया नगरपालिका ६ की शर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गर्नुभयो ।

यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा जानुपर्ने सर्वसाधारणको बाध्यताको अन्त्य भएको छ । राहदानीका लागि बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुनेछ ।

सदरमुकाम नै जानुपर्ने बाध्यता हटाउन अन्य सेवाहरु पनि नगरपालिकामै ल्याउने प्रयत्न गरिरहेको नगरप्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.