प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष आवश्यक: महन्थ

काठमाडौँ-  लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुरले संविधानले संघीयता स्थापित गरेपनि आवश्यक कानुन र अधिकार नदिदा संघीयता कार्यन्वयन प्रभावकारी हुन नसकेको वताउनु भएको छ।

१७ औ बलिदानी दिवसको अवसरमा लोसपा बुद्द्धीजीवी संघले आयोजना गरेको संविधानको पूर्णता र संघीयताको अभ्यास विषयक विचार गोष्ठीमा अध्यक्ष ठाकुरले प्रदेशलाई अधिकार सम्पन्न बनाउने संघर्ष निरन्तर जारी रहने वताउनु भयो ।

मधेश आन्दोलनका क्रममा बलिदनी दिने शहिदको सपना साकार पार्न लोकतन्त्रवादी शक्ति र संघीयताका पक्षधर एकजुट भएर प्रदेशलाई अधिकार सम्पन्न बनाइ सम्पूर्ण विभेदको अन्त्य गर्नु पर्ने  पनि अध्यक्ष ठाकुरले वताउनु भयो ।

कार्यक्रममा सहअध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले मधेशले विभेद हटाउन अधिकार र समानताको लागि संघर्ष गरेको स्मरण गर्दै अधिकार सम्पन्न नहुँदा सम्म संघर्ष निरन्तर जारी राख्नु पर्ने वताउनु भयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संघियता विरोधि आवाज उठ्न थालेको प्रति सचेत हुँदै संघीयताका पक्षधरहरु सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको धारणा राख्नु भयो ।

मधेश आन्दोलनका क्रममा प्रथम शहीद रमेश महतो सहित ४३ जनाले शहादत प्राप्त गरेका थिए ।  यसै दिनको सम्झनामा माघ ५ गते मधेशवादी दलहरुले बलिदानी दिवस मनाउदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.