कंगोमा ज्यान गुमाएका सिल्लाको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग हस्तान्तरण

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका- ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गर्नुभयाे ।
हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो ।
हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत रकम बुवा-आमाको खर्चकालागि उल्लेख गरिएको एनआरएनएका महासचिव गौरीराज जोशीले जानकारी दिनुभयाे ।
सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीले यो दुखको घडीमा एनआरएनले थोरै भए पनि मलहम लगाउने प्रयास गरेको बताउनुभयाे ।
सहयोग रकम बुझ्दै गाउँपालिका अध्यक्ष गणेश खड्काले राहत संकलन गरेर परिवारलाई सहयोग गरी दुखको घडीमा मलहम लगाउने प्रयास गरेकोमा कंगोका नेपालीहरुलाई धन्यवाद दिनुहुँदै मृतकको परिवार र बच्चालाई पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.