रास्वपाको ‘हामी आउँदैछोैँ’ अभियानले स्थानीय तहमा सकारात्मक तरङ्ग ल्यायो : सचेतक परियार

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले पार्टीले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान प्रभावकारी,परिणाममुखी र स्थानीय तहमा तरङ्ग ल्याउन सफल भएको बताउनुभएको छ ।

गत असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको हामी आउँदैछोैँ अभियानले पार्टी संगठन विस्तार, आन्तरिक समन्वय र स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको सचेतक परियारले बताउनुभयो ।

पत्रकारहरुसंग कुरा गर्दै सचेतक परियारले भन्नुभयो, “अभियानले पार्टीका नेता, सांसद, केन्द्रीय सदस्य, जिल्ला तहका पदाधिकारी तथा अगुवावीच सहकार्य, साझा बुझाई र समन्वयलाई प्रभावकारी बनाएको छ । पार्टीका सांसद र सरकारसँग सम्बन्धित विषयलाई एकैसाथ गाउँगाउँसम्म पुर्याउन अभियान सफल भएको छ । नागरिकका वास्तविक समस्या, गुनासा, आवश्यकता र अपेक्षा बुझेर समाधानका लागि आवश्यक पहल गर्न पनि अभियान थप प्रभावकारी भएको छ ।”

दसैँको मुखमासमेत पार्टीका नेता तथा अगुवा उत्साहका साथ संगठनात्मक काममा खटिएको बताउँदै परियारले अभियानका क्रममा नागरिक समाजका अगुवाहरुसंग छलफल, अन्तर पार्टी भेटघाट तथा स्थानीय सम्पदा,संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको उल्लेख गर्नु भयो।

सचेतक परियारले ‘हामी आउँदैछ‍ोैँ अभियान’ले स्थानीय तह निर्वाचनको तयारीलाई समेत तिब्रता दिएको बताउनु भयो ।
यस क्रममा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमबारे प्रशिक्षण सञ्चालन गर्नुका साथै ‘क्यान्डिडेट क्लब’को अवधारणालाई वडा समितिसम्म पुर्याईएको सचेतक परियारको भनाई छ ।

अभियानका क्रममा स्थानीय तह निर्वाचनमा कस्ता उम्मेदवार अघि सार्ने, सम्भावित उम्मेदवारको पहिचान कसरी गर्ने तथा अन्य राजनीतिक दल र सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिलाई पार्टीमा आकर्षित गर्ने विषयमा समेत विस्तृत छलफल भएको परियारले बताउनुभयो ।
हामी आउँदैछोैँ अभपयान लगत्तै रास्वपाले नगर क्याण्डिडेट क्लब सार्वजनिक गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.