मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का रद्द

रसुवा- निर्माण व्यवसायीले समयमै काम नगरेपछि चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका जोडने छोटो दुरीको मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का रद्द गरिएको छ ।
गल्छी, त्रिशुली, मैलुङ,स्याफ्रुबेसी रसुवागढी योजनाले सूचना जारी गरि मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको हो ।
सम्झौता मितिभित्र निर्माण कम्पनिलाई काम पूरा गर्न पटक-पटक लिखित एवं मौखिक अनुरोध गर्दा पनि काम नगरेकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) समेतको आधारमा ठेक्का सम्झौता अन्त्य गरिएको गल्छी मैलुङ, स्याफ्रुबेसी रसुवागढी योजना प्रमुख ध्रुब श्रेष्ठले बताउनुभयो ।
मैलुङदेखि स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक २०७७ श्रावण १ मा सम्झौता भई मिति २०७९ माघ १६ मा निर्माण सम्पन्न गर्ने गरी निर्माण ब्यबसायी श्री भारत कन्स्ट्रक्सन तथा शिद्घि साही जेबीबीच सम्झौता भएको थियो ।
एक अर्ब ४५ करोड रुपैंयामा सडकको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । तर निर्माण कम्पनिले सडकको दायाँ र बायाँ टेवा पर्खाल लगाउने कार्य गरि ३५ करोड रुपैयाँको मात्र काम गरेर थप काम नगरेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो । सो सडकखण्डमा पुलको बनाउने काम भने भईरहेको छ ।
राष्ट्रिय गौरवको आयोजना मानिएको उक्त सडक गल्छिदेखि मैलुङसम्मको ६३ किलोमिटरमध्ये त्रिशुली बजारबाहेक अन्य ठाँउमा सडकको स्तरोन्नती गरि कालोपत्रे समेत भइसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्