संघीय सदनको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ- संघीय सदनको आगामी अधिवेशन आह्वानका लागि सरकारले राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको छ गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले संघीय सदनको आगामी अधिवेशन २०८० माघ २२ गते दिनको ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
अधिवेशन आह्वानका सम्वन्धमा आजै मात्र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग छलफल गर्नु भएको सभामुखको सचिवालयले जनाएको छ ।गत कात्तिक १६ मा संसदको वर्षे अधिवेशन अन्त्य गरेको थियो ।
यस्तै बैठकले जापान सरकारबाट कोटेश्वर क्षेत्रको सडक पूर्वाधार निर्माण कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब रु ३१ अर्ब दुई करोड) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिमरुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम १० को खण्ड (क) बमोजिम डा असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने लगायतका निर्णय पनि गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्